प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg ४ ques. १-५
  • येशू ख्रीष्ट को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट को हुनुहुन्छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येसुको मृत्युले हामीलाई कसरी बचाउन सक्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
परमेश्‍वरबाट आएको सुसमाचार!
fg ४ ques. १-५

पाठ ४

येशू ख्रीष्ट को हुनुहुन्छ?

१. येशूलाई कसले बनायो र कहाँ?

पृष्ठ ८-मा भएको चित्र]

येशूको नजिक जान सजिलो हुनुको कारण के हो?—मत्ती ११:२९; मर्कूस १०:१३-१६.

पृथ्वीमा मानिस भएर जन्मनुअघि येशू अदृश्‍य स्वर्गदूतको रूपमा स्वर्गमा हुनुहुन्थ्यो। यस्तो अनुभव अरू कुनै मानिसले गरेको छैन। (यूहन्‍ना ८:२३) यहोवा परमेश्‍वरले येशूलाई सबैभन्दा पहिले सृष्टि गर्नुभयो। त्यसपछि येशूले अरू सबै कुरा सृष्टि गर्न परमेश्‍वरलाई सघाउनुभयो। यहोवाले उहाँलाई मात्र आफैले सृष्टि गर्नुभएको थियो। त्यसैले येशूलाई परमेश्‍वरको “एक मात्र छोरा” भन्‍नु उपयुक्‍त छ। (यूहन्‍ना १:१४) येशूले परमेश्‍वरको प्रवक्‍ताको रूपमा सेवा गर्नुभएकोले उहाँलाई परमेश्‍वरको “वचन” पनि भनिन्छ।—हितोपदेश ८:२२, २३, ३० NRV; कलस्सी १:१५, १६ पढ्‌नुहोस्‌।

२. येशू पृथ्वीमा किन आउनुभयो?

परमेश्‍वरले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो। त्यसको लागि उहाँले येशूको जीवन एउटी यहूदी कन्या मरियमको गर्भमा सारिदिनुभयो। त्यसैले येशूको कुनै मानव बुबा थिएन। (लूका १:३०-३५) येशू पृथ्वीमा आउनुका कारण हुन्‌: (१) परमेश्‍वरको बारेमा साँचो कुरा सिकाउन, (२) कठिन अवस्थामा पनि कसरी परमेश्‍वरको इच्छाअनुसार गर्न सकिन्छ भनेर हाम्रो लागि उदाहरण बसाल्न, र (३) आफ्नो त्रुटिरहित जीवन “फिरौती”-को रूपमा दिन।—मत्ती २०:२८ पढ्‌नुहोस्‌।

३. हामीलाई किन फिरौती चाहिन्छ?

फिरौती भनेको कुनै व्यक्‍तिलाई अपहरणकारीले मार्ने धम्की दिंदा तिनलाई मुक्‍त गर्न तिरिने मोल हो। (प्रस्थान २१:२९, ३०) यहोवा परमेश्‍वरले मानिसजातिको लागि सुरुमा राखेको उद्देश्‍यअनुसार मानिसहरू मर्नुपर्ने वा बूढो हुनुपर्ने थिएन। यो कुरा हामी कसरी थाह पाउन सक्छौं? परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नुलाई बाइबलले “पाप” भन्छ। पाप गरेमा तिनी मर्नेछन्‌ भनेर परमेश्‍वरले पहिलो मानिस आदमलाई भन्‍नुभएको थियो। यदि आदमले पाप नगरेका भए तिनी कहिल्यै मर्ने थिएनन्‌। (उत्पत्ति २:१६, १७; ५:५) बाइबलअनुसार आदमद्वारा मृत्यु संसारमा “प्रवेश” भयो। त्यसैले आदमका सबै सन्तानले पाप र यसको सजाय मृत्यु भोग्नुपऱ्‍यो। आदमबाट जन्मजात पाएको सजाय मृत्युबाट मुक्‍त हुन हामीलाई फिरौती चाहिन्छ।—रोमी ५:१२; ६:२३ पढ्‌नुहोस्‌।

हामीलाई मृत्युबाट छुटाउन कसले फिरौतीको मोल तिर्न सक्थ्यो? जब हामी मर्छौं आफ्नै पापको मात्र मोल तिर्छौं। कुनै पनि त्रुटिपूर्ण मानिसले अरूको पापको मोल तिर्न सक्दैन।—भजन ४९:७-९ पढ्‌नुहोस्‌।

४. येशू किन मर्नुभयो?

येशू हामी जस्तो त्रुटिपूर्ण होइन, त्रुटिरहित हुनुहुन्थ्यो। उहाँले कहिल्यै पाप गर्नुभएन, त्यसैले आफ्नो पापको लागि येशू मर्नु आवश्‍यक थिएन। तर येशू अरूको पापको लागि मर्नुभयो। आफ्नो छोरा हाम्रो लागि मर्न पठाएर परमेश्‍वरले मानिसजातिप्रति असाधारण प्रेम देखाउनुभयो। आफ्नो बुबाको आज्ञा पालन गरेर र हाम्रो पापको निम्ति आफ्नो जीवन दिएर येशूले पनि हामीप्रति प्रेम देखाउनुभयो।—यूहन्‍ना ३:१६; रोमी ५:१८, १९ पढ्‌नुहोस्‌।

५. येशू अहिले के गर्दै हुनुहुन्छ?

पृथ्वीमा हुँदा येशूले बिरामीहरूलाई निको पार्नुभयो, मरेकाहरूलाई बिउँताउनुभयो र दुःखकष्टमा परेकाहरूलाई उद्धार गर्नुभयो। यसरी उहाँप्रति आज्ञाकारी मानिसहरूको लागि उहाँले भविष्यमा के गर्नुहुनेछ भनेर देखाउनुभयो। (मत्ती १५:३०, ३१; यूहन्‍ना ५:२८) येशूको मृत्युपछि परमेश्‍वरले येशूलाई अदृश्‍य व्यक्‍तिको रूपमा पुनर्जीवित पार्नुभयो। (१ पत्रुस ३:१८) त्यसपछि यहोवा परमेश्‍वरले सारा पृथ्वीमा राजाको रूपमा शासन गर्ने अधिकार येशूलाई नदिएसम्म उहाँ परमेश्‍वरको दाहिने हाततिर बसिरहनुभयो। (हिब्रू १०:१२, १३) येशू अहिले स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। यो सुसमाचार उहाँका अनुयायीहरूले सारा संसारभरि घोषणा गर्दैछन्‌।—दानियल ७:१३, १४; मत्ती २४:१४ पढ्‌नुहोस्‌।

चाँडै येशूले आफ्नो राजकीय शक्‍ति प्रयोग गरेर सबै दुःखकष्ट र यसलाई निम्त्याउने मानिसहरूको अन्त गर्नुहुनेछ। येशूको आज्ञापालन गरेर विश्‍वास गरेको देखाउने सबैले सुन्दर बगैंचारूपी पृथ्वी अर्थात्‌ प्रमोदवनमा आनन्दित जीवन बिताउन पाउनेछन्‌।—भजन ३७:९-११ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ४ र ५ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने