प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg १३ ques. १-४
  • धर्महरूलाई के हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धर्महरूलाई के हुनेछ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईं साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
परमेश्‍वरबाट आएको सुसमाचार!
fg १३ ques. १-४

पाठ १३

धर्महरूलाई के हुनेछ?

१. के सबै धर्म असल छन्‌?

सबै धर्ममा असल मानिसहरू छन्‌। त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्‍नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। यो एउटा सुसमाचार हो। तर दुःखको कुरा, धर्मको नाममा मानिसहरूले खराब कामहरू गरिरहेका छन्‌। (२ कोरिन्थी ४:३, ४; ११:१३-१५) समाचारहरूअनुसार केही धर्महरू आतङ्‌कवाद, जातीय-संहार, युद्ध र बाल-दुर्व्यवहारमा समेत मुछिएका छन्‌। यस्तो अवस्था देखेर परमेश्‍वरमा विश्‍वास राख्नेहरूको मन कत्ति रुन्छ!—मत्ती २४:३-५, ११, १२ पढ्‌नुहोस्‌।

साँचो धर्मले परमेश्‍वरको महिमा गर्छ भने झूटो धर्मले उहाँलाई दुःखी बनाउँछ। झूटो धर्मले बाइबलमा नभएका गलत शिक्षाहरू सिकाउँछ। जस्तै, परमेश्‍वरबारे र मरिसकेकाहरूको अवस्थाबारे। तर यहोवा परमेश्‍वर मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाऊन्‌ भन्‍ने चाहनुहुन्छ।—इजकिएल १८:४; १ तिमोथी २:३-५ पढ्‌नुहोस्‌।

२. धर्महरूलाई के हुनेछ?

खुसीको कुरा, परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने तर वास्तवमा सैतानको संसारलाई प्रेम गर्ने धर्महरूदेखि उहाँ झुक्किनुहुन्‍न। (याकूब ४:४) बाइबलमा सबै झूटा धर्महरूलाई “महान्‌ बेबिलोन” भन्‍ने नाम दिइएको छ। नूहको समयको जलप्रलयपछि झूटो धर्म सुरु भएको एउटा प्राचीन सहर बेबिलोनको नामबाट यो नाम आएको हो। मानिसजातिलाई छक्याउने र थिचोमिचो गर्ने धर्महरूलाई अब छिट्टै नै अचानक परमेश्‍वरले नाश गर्नुहुनेछ।—प्रकाश १७:१, २, ५, १६, १७; १८:८ पढ्‌नुहोस्‌।

तर झूटो धर्ममा छरिएर रहेका संसारभरिका इमानदार मानिसहरूलाई परमेश्‍वरले बिर्सनुभएको छैन। उहाँले त्यस्ता व्यक्‍तिहरूलाई बाइबलबारे सत्य कुरा सिकाएर झूटो धर्मबाट निस्कन मदत गरिरहनुभएको छ।—मीका ४:२, ५ पढ्‌नुहोस्‌।

३. इमानदार मानिसहरूले के गर्नुपर्छ?

[पृष्ठ २७-मा भएको चित्र]

साँचो धर्मले मानिसहरूलाई एकताबद्ध पारिरहेको छ

सत्य जान्‍न चाहने र असल काम गर्न चाहने मानिसहरूको यहोवा ख्याल राख्नुहुन्छ। झूटो धर्म त्याग्न उहाँ तिनीहरूलाई आग्रह गर्नुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू उहाँलाई खुसी पार्नको लागि आफ्नो जीवनमा परिवर्तन गर्न तयार हुन्छन्‌।—प्रकाश १८:४ पढ्‌नुहोस्‌।

प्रथम शताब्दीमा येशूका चेलाहरूबाट इमानदार मानिसहरूले सुसमाचार सुन्दा तिनीहरूले खुसीसाथ त्यो स्वीकारे। तिनीहरूले जीवन बिताउने नयाँ तरिका अर्थात्‌ उद्देश्‍य र आशासहितको आनन्दित जीवन बिताउने तरिका यहोवाबाट सिके। तिनीहरू हाम्रो लागि राम्रो उदाहरण हुन्‌। किन? किनभने तिनीहरूले यहोवालाई आफ्नो जीवनमा पहिलो स्थान दिएर सुसमाचार स्वीकारे।—१ थिस्सलोनिकी १:८, ९; २:१३ पढ्‌नुहोस्‌।

झूटो धर्म त्यागेर आउनेहरूलाई यहोवा आफ्नो परिवारमा स्वीकार्नुहुन्छ। तपाईंले उहाँको मायालु निम्तो स्वीकार्नुभयो भने तपाईं उहाँसित मित्रता गाँस्न सक्नुहुन्छ, उहाँको उपासकहरूसँग नयाँ र मायालु सम्बन्ध गाँस्न सक्नुहुन्छ र अनन्त जीवन पाउन सक्नुहुन्छ।—मर्कूस १०:२९, ३०; २ कोरिन्थी ६:१७, १८ पढ्‌नुहोस्‌।

४. परमेश्‍वरले सबैतिर कसरी आनन्द छर्नुहुनेछ?

झूटो धर्मको विनाश हुँदैछ भन्‍ने कुरा सुसमाचार हो। त्यसपछि संसारभरिका सबैले थिचोमिचोबाट छुटकारा पाउनेछन्‌। झूटो धर्मले फेरि कहिल्यै मानिसजातिलाई गलत बाटोमा लैजाने र विभाजित पार्नेछैन। सबै मानिसहरू एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध हुनेछन्‌।—प्रकाश १८:२०, २१; २१:३, ४ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १५ र १६ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने