प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg १४ ques. १-४
  • किन परमेश्‍वरको सङ्‌गठन छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन परमेश्‍वरको सङ्‌गठन छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
परमेश्‍वरबाट आएको सुसमाचार!
fg १४ ques. १-४

पाठ १४

किन परमेश्‍वरको सङ्‌गठन छ?

१. परमेश्‍वरले प्राचीन इस्राएललाई किन सङ्‌गठित पार्नुभयो?

परमेश्‍वरले कुलपिता अब्राहामको सन्तानलाई एउटा राष्ट्रको रूपमा सङ्‌गठित पार्नुभयो र तिनीहरूलाई नीति-नियमहरू दिनुभयो। उहाँले त्यस राष्ट्रलाई “इस्राएल” भन्‍ने नाम दिनुभयो र साँचो उपासना अनि उहाँको वचनको जगेर्ना गर्ने जिम्मा दिनुभयो। (भजन १४७:१९, २०) यसरी अरू सबै राष्ट्रका मानिसहरूले इस्राएल राष्ट्रमार्फत आशिष्‌ पाउन सक्थे।—उत्पत्ति २२:१८ पढ्‌नुहोस्‌।

परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो साक्षीको रूपमा चुन्‍नुभयो। तिनीहरूको इतिहास केलाएर हेऱ्‍यौं भने परमेश्‍वरको आज्ञा मान्दा मानिसहरूले कसरी लाभ उठाउन सक्छन्‌ भनेर प्रस्ट हुन्छ। (व्यवस्था ४:६) यसरी इस्राएलीहरूमार्फत अरूले साँचो परमेश्‍वरबारे जान्‍न सक्थे।—यशैया ४३:१०, १२ पढ्‌नुहोस्‌।

२. साँचो ख्रीष्टियनहरू किन सङ्‌गठित छन्‌?

समय बित्दै जाँदा इस्राएलीहरूले परमेश्‍वरको अनुमोदन गुमाए। उहाँले तिनीहरूको सट्टामा ख्रीष्टियन मण्डलीलाई चुन्‍नुभयो। (मत्ती २१:४३; २३:३७, ३८) इस्राएलीहरूको सट्टामा अहिले साँचो ख्रीष्टियनहरूले यहोवाका जनको रूपमा सेवा गरिरहेका छन्‌।—प्रेषित १५:१४, १७ पढ्‌नुहोस्‌।

येशूले आफ्ना अनुयायीहरूलाई सबै देशमा प्रचार गर्न र चेला बनाउन सङ्‌गठित पार्नुभयो। (मत्ती १०:७, ११; २४:१४; २८:१९, २०) यस युगको आखिरी समयमा प्रचार गर्ने काम एकदमै जोडतोडले भइरहेको छ। इतिहासमै पहिलो पटक यहोवा परमेश्‍वरले विभिन्‍न देशका लाखौं मानिसहरूलाई साँचो उपासनामा एकत्रित पारिरहनुभएको छ। (प्रकाश ७:९, १०) साँचो ख्रीष्टियनहरूलाई एक-आपसमा प्रोत्साहन दिन र मदत गर्न सङ्‌गठनको रूपमा एकताबद्ध पारिएको छ। संसारभर हुने तिनीहरूको सभामा बाइबलआधारित एउटै कार्यक्रम सञ्चालन हुन्छ। तिनीहरू त्यसबाट लाभ उठाउँछन्‌।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

३. आधुनिक समयमा यहोवाका साक्षीहरूको सङ्‌गठन कहिले सुरु भयो?

आधुनिक समयमा सन्‌ १८७० को दशकमा यहोवाका साक्षीहरूको सङ्‌गठन सुरु भयो। बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले लामो समयदेखि ओझेलमा परेका बाइबल सत्यहरू फेरि भेट्टाउन थाले। प्रचार गर्नको लागि येशूले ख्रीष्टियन मण्डलीलाई सङ्‌गठित पार्नुभएको थियो भनेर तिनीहरूले बुझे। त्यसैकारण तिनीहरूले संसारभर प्रचार गर्ने अभियान चलाए। सन्‌ १९३१ मा तिनीहरूले आफूलाई यहोवाका साक्षीहरूको नामले चिनाए।—प्रेषित १:८; २:१, ४; ५:४२ पढ्‌नुहोस्‌।

४. यहोवाका साक्षीहरूलाई कसरी सङ्‌गठित पारिएको छ?

प्रथम शताब्दीमा थुप्रै देशमा रहेका ख्रीष्टियन मण्डलीहरूले केन्द्रीय परिचालक निकायबाट लाभ उठाए। यो परिचालक निकाय येशूका प्रेषितहरू र एल्डरहरू मिलेर बनेको थियो। तिनीहरूले येशूलाई मण्डलीको शिरको रूपमा मानिलिएका थिए। (प्रेषित १६:४, ५) त्यसैगरि आज पनि संसारभरि रहेका यहोवाका साक्षीहरूले अनुभवी एल्डरहरू मिलेर बनेको परिचालक निकायबाट लाभ उठाउँछन्‌। यो परिचालक निकायले बाइबल अध्ययन गर्न मदत गर्ने सामग्रीहरू ६०० भन्दा धेरै भाषामा अनुवाद गर्ने, छाप्ने र वितरण गर्ने संसारभरका शाखाहरूको निरीक्षण गर्छ। यसरी परिचालक निकायले संसारभर रहेका १,००,००० भन्दा धेरै मण्डलीलाई धर्मशास्त्रबाट प्रोत्साहन र निर्देशन दिने गर्छ। हरेक मण्डलीमा योग्य पुरुषहरूले एल्डर वा निरीक्षकको रूपमा सेवा गर्छन्‌। यी पुरुषहरूले परमेश्‍वरका बगालको मायालु हेरचाह गर्छन्‌।—१ पत्रुस ५:२, ३ पढ्‌नुहोस्‌।

यहोवाका साक्षीहरू सुसमाचार प्रचार गर्न र चेला बनाउन सङ्‌गठित छन्‌। येशूका प्रेषित चेलाहरूजस्तै हामी पनि प्रचार गर्न घरघर जान्छौं। (प्रेषित २०:२०) बाइबल सत्यलाई साँच्चै मन पराउने मानिसहरूलाई हामी बाइबल अध्ययन गर्ने प्रस्ताव पनि राख्छौं। तर यहोवाका साक्षीहरू एउटा सङ्‌गठन मात्र होइन। हामी परिवार हौं र हाम्रो मायालु बुबा पनि हुनुहुन्छ। हामी एक-अर्काको ख्याल राख्ने दाजुभाइ र दिदीबहिनी हौं। (२ थिस्सलोनिकी १:३) यहोवाका जनहरू यहोवा परमेश्‍वरलाई खुसी पार्न र अरूलाई मदत गर्न सङ्‌गठित भएका हुनाले तिनीहरू पृथ्वीका सबैभन्दा आनन्दित परिवार हुन्‌।—भजन ३३:१२; प्रेषित २०:३५ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १९ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने