प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg १५ ques. १-४
  • तपाईंले किन सिक्न छोड्‌नुहुँदैन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले किन सिक्न छोड्‌नुहुँदैन?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं कसरी परमेश्‍वरको नजिक हुन सक्नुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईँलाई बाइबल अध्ययन गरिरहन कुन कुराले मदत गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg १५ ques. १-४

पाठ १५

तपाईंले किन सिक्न छोड्‌नुहुँदैन?

१. बाइबल अध्ययन गर्न नछोड्‌दा तपाईंलाई कस्तो फाइदा हुन्छ?

यस पुस्तिकाबाट बाइबलका आधारभूत शिक्षा सरसर्ती केलाउँदा यहोवा परमेश्‍वरप्रतिको तपाईंको प्रेम पक्कै पनि बढेको हुनुपर्छ। यो प्रेम अझै बढाउन हामीले मेहनत गरिरहनुपर्छ। (१ पत्रुस २:२) तपाईंको अनन्त जीवनको आशा परमेश्‍वरको वचन बाइबल अध्ययन गरेर उहाँको नजिक हुने कि नहुने त्यसैमा निर्भर छ।—यूहन्‍ना १७:३; यहूदा २१ पढ्‌नुहोस्‌।

परमेश्‍वरको ज्ञान जति सिक्दै जानुहुन्छ तपाईंको विश्‍वास त्यति नै बलियो हुँदै जानेछ। विश्‍वासले परमेश्‍वरलाई खुसी पार्न तपाईंलाई मदत गर्छ। (हिब्रू ११:१, ६) यसले तपाईंलाई पश्‍चात्ताप गर्न र जीवनमा उपयुक्‍त छाँटकाँट गर्न झक्झक्याउँछ।—प्रेषित ३:१९ पढ्‌नुहोस्‌।

२. परमेश्‍वरबारे तपाईंले सिकेको कुराले अरूलाई कसरी लाभ पुऱ्‍याउँछ?

[पृष्ठ ३०-मा भएको चित्र]

तपाईं यहोवा परमेश्‍वरसँग नजिकको सम्बन्ध गाँस्न सक्नुहुन्छ

निश्‍चय पनि आफूले सिकेको कुरा तपाईं अरूलाई बताउन चाहनुहुन्छ। सुसमाचार हामी सबैलाई बताउन चाहन्छौं नि, होइन र? बाइबल अध्ययन गर्दै जाँदा तपाईंले यहोवामा आफ्नो विश्‍वासबारे र सुसमाचारबारे बाइबलबाटै कसरी बताउने भनेर सिक्नुहुनेछ।—रोमी १०:१३-१५ पढ्‌नुहोस्‌।

धेरैजसोले सुरु-सुरुमा आफ्ना साथीहरूलाई र नातेदारहरूलाई सुसमाचार सुनाउँछन्‌। तर यसो गर्दा विचार पुऱ्‍याउनुहोस्‌। तिनीहरूको धर्म गलत हो भनेर बताउनुको सट्टा परमेश्‍वरको प्रतिज्ञाबारे कुरा गर्नुहोस्‌। नबिर्सनुहोस्‌, तपाईंले भनेको कुराबाट भन्दा तपाईंले गरेको दयालु व्यवहारबाट मानिसहरू धेरै प्रभावित हुन्छन्‌।—२ तिमोथी २:२४, २५ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरसित तपाईं कस्तो सम्बन्ध गाँस्न सक्नुहुन्छ?

परमेश्‍वरको वचन अध्ययन गरेर तपाईं उहाँलाई अझ राम्ररी चिन्दै जान सक्नुहुन्छ। अन्ततः तपाईं यहोवा परमेश्‍वरसँग एकदमै नजिकको सम्बन्ध गाँस्न सक्नुहुन्छ। वास्तवमा भन्‍ने हो भने तपाईं साँच्चै नै उहाँको परिवारको सदस्य हुन सक्नुहुन्छ।—२ कोरिन्थी ६:१८ पढ्‌नुहोस्‌।

४. तपाईं कसरी उन्‍नति गर्दै जान सक्नुहुन्छ?

परमेश्‍वरको वचन अध्ययन गर्न छोड्‌नुभएन भने बाइबलका सिद्धान्त लागू गर्ने तरिका तपाईं सिक्न सक्नुहुन्छ। (हिब्रू ५:१३, १४) बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट अध्ययन गर्न चाहन्छु भनेर यहोवाका कुनै पनि साक्षीलाई भन्‍नुहोस्‌। परमेश्‍वरको वचनबाट जत्ति धेरै सिक्दै जानुहुन्छ तपाईंको जीवन त्यत्ति नै सफल हुन्छ।—भजन १:१-३; ७३:२७, २८ पढ्‌नुहोस्‌।

सुसमाचार आनन्दित परमेश्‍वर यहोवाबाट आउँछ। यहोवाका जनहरूसँग नजिक भएर तपाईं यहोवाको नजिक हुन सक्नुहुन्छ। (हिब्रू १०:२४, २५) यहोवा परमेश्‍वरलाई खुसी पार्न निरन्तर प्रयास गरेर तपाईं साँच्चैको जीवन अर्थात्‌ अनन्त जीवन पाउन अघि बढिरहनुभएको हुनेछ। परमेश्‍वरको नजिक हुनु वास्तवमा तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो।—१ तिमोथी १:११; ६:१९ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १८ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने