प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Romany (Meçkar)
  • आज

शुक्रबार, जून १३

डराउन छोड।​—लुका ५:१०.

प्रेषित पत्रुस वफादार रहिरहनेछन्‌ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले दयालुपूर्वक पत्रुसलाई “डराउन छोड” भन्‍नुभयो। येसुले पत्रुसमा यस्तो भरोसा देखाउनुभएकोले तिनले आफ्नो जीवनमा ठूलो परिवर्तन गरे। पत्रुस र तिनका भाइ अन्द्रियासले माछा मार्ने व्यवसाय छोडे अनि येसुसँगै पूर्ण-समय सेवामा लागे र थुप्रै आशिष्‌ पाए। (मर्कु. १:१६-१८) ख्रिष्टको अनुयायीको रूपमा पत्रुसले थुप्रै रोमाञ्चकारी अनुभव बटुले। येसुले बिरामीहरूलाई निको पार्नुभएको, प्रेतहरूलाई धपाउनुभएको र मरिसकेकाहरूलाई जीवित पार्नुभएको समेत तिनले देखे। (मत्ति ८:१४-१७; मर्कु. ५:३७, ४१, ४२) साथै तिनले भविष्यसूचक दर्शनमा येसुलाई परमेश्‍वरको राज्यको राजाको रूपमा पनि देखे, जुन दर्शन तिनले कहिल्यै बिर्सेनन्‌। (मर्कु. ९:१-८; २ पत्रु. १:१६-१८) हो, येसुको अनुयायी नभएको भए पत्रुसले यी कुराहरू कहिल्यै देख्ने थिएनन्‌। नकारात्मक भावनाहरू हटाउन सकेकोमा र यस्ता आशिष्‌हरू पाएकोमा तिनी कत्ति खुसी भए होलान्‌! w२३.०९ पृ. २१ अनु. ४-५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, जून १४

येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।”​—मत्ति १८:२२.

आफ्नो पहिलो पत्रमा “प्रगाढ प्रेम”-ले एक-दुई वटा मात्र होइन, “असङ्‌ख्य पापहरू” क्षमा गर्न मदत गर्छ भनेर प्रेषित पत्रुसले बताए। (१ पत्रु. ४:८) सायद वर्षौँअघि येसुले क्षमा दिनेबारे सिकाउनुभएको कुरा तिनले सम्झेको हुनुपर्छ। त्यतिबेला पत्रुसले येसुलाई यस्तो प्रश्‍न सोधेका थिए: “मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” पत्रुसलाई आफू एकदमै उदार भइरहेको छु जस्तो लागेको हुन सक्छ। तर येसुले तिनलाई “७७ पटकसम्म” अर्थात्‌ गन्ती नगरी क्षमा दिनुपर्छ भनेर सिकाउनुभयो। (मत्ति १८:२१) अनि यो कुरा अहिले हामीलाई पनि लागू हुन्छ। तर तपाईँलाई यो सल्लाहअनुसार गर्न गाह्रो भइरहेको छ भने निराश नहुनुहोस्‌। हामी सबै जना त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ अरूलाई क्षमा दिन गाह्रो हुन्छ। तर महत्त्वपूर्ण कुरा भनेको भाइबहिनीलाई क्षमा दिन र तिनीसित शान्ति कायम गर्न हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०९ पृ. २९ अनु. १२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, जून १५

मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।​—योना २:२.

माछाको पेटमा हुँदा पश्‍चात्तापी मनोभावसहित गरेको प्रार्थना उहाँले सुन्‍नुहुन्छ भन्‍ने कुरामा योना विश्‍वस्त थिए। अनि यहोवाको साथ पाउने कुरामा पनि तिनी ढुक्क थिए। पछि माछाले योनालाई सुक्खा जमिनमा ओकलिदियो र तिनी यहोवाले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न तयार भए। (योना २:१०–३:४) परीक्षाको बेला के तपाईँ प्रार्थना नै गर्न नसक्नेगरि चिन्तित हुनुभएको छ? अथवा अध्ययन गर्न बलै नभएको महसुस गर्नुभएको छ कि? यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। त्यसैले छोटो प्रार्थना मात्र गर्नुभयो भने पनि उहाँले तपाईँलाई चाहिएकै मदत दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (एफि. ३:२०) शारीरिक वा भावनात्मक पीडाले गर्दा पढ्‌न सकिरहनुभएको छैन भने बाइबल वा बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुन्‍न सक्नुहुन्छ। jw.org मा गीतहरू सुन्‍नुभयो वा भिडियोहरू हेर्नुभयो भने पनि मदत पाउन सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभयो अनि त्यसको जवाफ बाइबल र उहाँले प्रबन्ध गर्नुभएका अरू कुराहरूमा खोज्नुभयो भने उहाँले तपाईँलाई बलियो बनाउनुहुन्छ। w२३.१० पृ. १३ अनु. ६; पृ. १४ अनु. ९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने