प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

आइतबार, जून २२

यहोवामा भरोसा गर्ने मानिस . . . धन्यको हो।​—यर्मि. १७:७.

बप्तिस्मा गरेर यहोवाको परिवारको भाग बन्‍न पाउँदा हामी आनन्दित हुन्छौँ। यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न पाउनु सम्मानको कुरा हो। हामी भजनरचयिता दाउदसित सहमत छौँ: “आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।” (भज. ६५:४) यहोवा कस्ता मानिसहरूलाई आफ्नो चोकमा बास गर्न दिनुहुन्छ? उहाँसित नजिक हुन चाहनेहरूलाई। (याकु. ४:८) तपाईँले समर्पण र बप्तिस्मा गरेपछि उहाँले तपाईँमाथि ‘कुनै कुराको कमी नै नहुने गरी आशिष्‌ बर्साउनुहुनेछ।’ (मला. ३:१०; यर्मि. १७:८) बप्तिस्मा ख्रिष्टियन जीवनको सुरुवात मात्र हो। तपाईँ समर्पणको वाचाअनुरूप जिउन सक्दो कोसिस गर्न उत्प्रेरित हुनुहुनेछ, चाहे जस्तोसुकै प्रलोभन वा परीक्षाको सामना किन गर्नु नपरोस्‌। (उप. ५:४, ५) येसुको चेला भएकोले तपाईँले उहाँको पाइला पछ्याउन र उहाँका आज्ञाहरू पालन गर्न यथासक्दो कोसिस गर्नुहुनेछ।—मत्ति २८:१९, २०; १ पत्रु. २:२१. w२४.०३ पृ. ८ अनु. १-३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, जून २३

पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ।​—उत्प. २:२४.

तपाईँ र तपाईँको जोडीलाई सँगै समय बिताउन मन पर्दैन भने नि? तपाईँ के गर्न सक्नुहुन्छ? हामी आगोको उदाहरण विचार गरौँ। आगो बाल्नेबित्तिकै दन्किहाल्दैन। त्यसको लागि तपाईँले सुरुमा सानो अनि पछि ठूलठूला दाउरा थप्दै जानुपर्छ। त्यसैगरि तपाईँहरूले पनि हरेक दिन एकअर्कासित थोरै समय बिताउनुभए कसो होला? तपाईँहरू दुवैलाई मन पर्ने कुनै काम गर्न सक्नुहुन्छ। (याकु. ३:१८) यसरी सानो सुरुवात गरेर तपाईँहरूले सेलाइसकेको प्रेमलाई फेरि न्यानो बनाउन सक्नुहुन्छ। वैवाहिक सम्बन्धमा एकअर्कालाई आदर गर्नु एकदमै महत्त्वपूर्ण छ। यो आगो बलिरहन चाहिने अक्सिजनजस्तै हो। अक्सिजन भएन भने आगो तुरुन्तै निभ्छ। त्यसैगरि एकअर्कालाई आदर नगर्ने पतिपत्नीबीचको प्रेम पनि तुरुन्तै सेलाउन सक्छ। अर्कोतर्फ, एकअर्कालाई आदर देखाउन सक्दो कोसिस गर्नेहरूको आपसी प्रेम बलियो हुँदै जान्छ। हुनत तपाईँलाई आफ्नो जीवनसाथीलाई आदर देखाइरहेको छु जस्तो लाग्न सक्छ। तर महत्त्वपूर्ण कुरा, तपाईँको जीवनसाथीले आदर पाएको महसुस गरिरहेको छ कि छैन भन्‍ने हो। w२३.०५ पृ. २२ अनु. ९; पृ. २४-२५ अनु. १४-१५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, जून २४

जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।​—भज. ९४:१९.

बाइबलमा शत्रुहरूको विरोध वा अन्य दबाबले गर्दा निराश र त्रसित महसुस गरेका वफादार सेवकहरूबारे बताइएको छ। (भज. १८:४; ५५:१, ५) हामीले पनि स्कुलमा, काम गर्ने ठाउँमा वा परिवार अथवा सरकारबाट विरोधको सामना गरिरहेका हुन सक्छौँ। कुनै रोग लाग्दा हामीलाई ‘अब म मर्छु होला’ भनेर डर लाग्न सक्छ। हामीले सानो बालकले जस्तै निस्सहाय महसुस गर्न सक्छौँ। त्यस्तो बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? उहाँ हामीलाई सान्त्वना र दिलासा दिनुहुन्छ। त्यसैले प्रार्थना गरेर अनि बाइबल पढेर नियमित रूपमा यहोवासित समय बिताउनुपर्छ। (भज. ७७:१, १२-१४) यस्तो बानी विकास गर्नुभएको छ भने तनावपूर्ण अवस्था आइपर्नेबित्तिकै तपाईँले सबैभन्दा पहिला यहोवालाई नै सम्झिनुहुनेछ। आफ्नो डर र चिन्ता-फिक्रीबारे यहोवालाई बताउनुहोस्‌। बाइबल पढेर उहाँको कुरा सुन्‍नुहोस्‌ अनि उहाँले दिनुहुने सान्त्वना महसुस गर्नुहोस्‌।—भज. ११९:२८. w२४.०१ पृ. २४-२५ अनु. १४-१६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने