प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

बुधबार, जून २५

परमेश्‍वरले . . . तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।​—फिलि. २:१३.

आफ्नो लक्ष्यसम्म पुग्न हामीसित बलियो इच्छा हुनुपर्छ। यस्तो इच्छाले हामीलाई कडा मेहनत गर्न उत्प्रेरित गर्छ। अनि लक्ष्यसम्म पुग्ने हाम्रो इच्छा जत्ति बलियो हुन्छ, त्यो हासिल गर्ने सम्भावना त्यत्ति नै धेरै हुन्छ।” त्यसोभए आफ्नो इच्छालाई अझ बलियो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ? इच्छा बढाइदिन प्रार्थना गर्नुहोस्‌। यहोवाको पवित्र शक्‍तिले तपाईँमा लक्ष्यसम्म पुग्ने इच्छा पैदा गर्न सक्छ। लक्ष्य राख्नुपर्छ भनेर थाह भएकोले हामी लक्ष्य राख्छौँ होला अनि यो राम्रो कुरा पनि हो। तर हामीसित त्यो हासिल गर्ने इच्छा भने नहुन सक्छ। यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूमा मनन गर्नुहोस्‌। (भज. १४३:५) प्रेषित पावलले आफूलाई यहोवाले देखाउनुभएको असीम अनुग्रहमा मनन गरे। यसले तिनलाई यहोवाको सेवामा कडा मेहनत गर्न उत्प्रेरित गऱ्‍यो। (१ कोरि. १५:९, १०; १ तिमो. १:१२-१४) त्यसैगरि यहोवाले तपाईँको लागि गरिदिनुभएको कुरामा जत्ति धेरै मनन गर्नुहुन्छ, लक्ष्यसम्म पुग्ने तपाईँको इच्छा त्यत्ति नै बलियो हुनेछ।—भज. ११६:१२. w२३.०५ पृ. २७ अनु. ३-५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, जून २६

यहोवाको नामको प्रशंसा गर।​—भज. ११३:१.

स्वर्गमा बस्नुहुने बुबाको नामको प्रशंसा गरेर हामी उहाँलाई खुसी बनाउँछौँ। (भज. ११९:१०८) त्रुटिपूर्ण मानिसहरू अरूले आफ्नो प्रशंसा गरिदेऊन्‌ भन्‍ने चाहन्छन्‌ किनभने तिनीहरू त्यसबाट हौसला पाउँछन्‌। के हाम्रो सर्वशक्‍तिमान्‌ परमेश्‍वर पनि त्यस्तै हुनुहुन्छ? अहँ, हुनुहुन्‍न। कुनै पनि मानिस विनास्वार्थ यहोवाको नामको पक्षमा खडा हुँदैन भनेर सैतानले दाबी गरेको छ। तर हामीले यहोवा बुबाको प्रशंसा गर्दा सैतानको त्यस दाबीलाई झूटो साबित गरिरहेका हुन्छौँ। परीक्षामा पर्दा कुनै पनि मानिस सत्यनिष्ठ रहँदैन भनेर त्यसले दाबी गरेको छ। यहोवाको सेवा गर्न छोड्‌दा आफ्नो फाइदा हुन्छ जस्तो लाग्यो भने मानिसले उहाँको सेवा गर्न छोड्‌छ भनेर पनि सैतानले भनेको छ। (अय्यु. १:९-११; २:४) तर यहोवाप्रति वफादार रहेर अय्युबले सैतानलाई झूटो साबित गरे। तपाईँचाहिँ के गर्नुहुन्छ? हामी प्रत्येकले यहोवाको नामको पक्षमा खडा हुने र सत्यनिष्ठा कायम राखेर उहाँलाई खुसी तुल्याउने छनौट गर्न सक्छौँ। (हितो. २७:११) यो हाम्रो लागि साँच्चै सम्मानको कुरा हो! w२४.०२ पृ. ८-९ अनु. ३-५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शुक्रबार, जून २७

उहाँका भविष्यवक्‍ताहरूलाई विश्‍वास गर अनि तिमीहरू सफल हुनेछौ।​—२ इति. २०:२०.

मोसा र यहोसुको समयपछि यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन न्यायकर्ताहरूलाई नियुक्‍त गर्नुभयो। त्यसपछि राजाहरूको समयमा भविष्यवक्‍ताहरूलाई नियुक्‍त गर्नुभयो। वफादार राजाहरूले भविष्यवक्‍ताहरूको सल्लाह स्विकारे। जस्तै: भविष्यवक्‍ता नातानले राजा दाउदलाई सुधार्दा तिनले नम्र भई स्विकारे। (२ समु. १२:७, १३; १ इति. १७:३, ४) राजा यहोसापात डोऱ्‍याइको लागि भविष्यवक्‍ता याहजिएलमा भर परे र तिनले यहुदाका मानिसहरूलाई पनि ‘यहोवाका भविष्यवक्‍ताहरूमा विश्‍वास गर्न’ सल्लाह दिए। (२ इति. २०:१४, १५) आपत्‌को समयमा राजा हिजकियाहले भविष्यवक्‍ता यसैयामार्फत परमेश्‍वरको मदत मागे। (यसै. ३७:१-६) यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा राजाहरूले आशिष्‌ पाए र पूरै इस्राएल राष्ट्र सुरक्षित भयो। (२ इति. २०:२९, ३०; ३२:२२) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन भविष्यवक्‍ताहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरा स्पष्टै थियो। w२४.०२ पृ. २१ अनु. ८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने