प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शुक्रबार, जून २७

उहाँका भविष्यवक्‍ताहरूलाई विश्‍वास गर अनि तिमीहरू सफल हुनेछौ।​—२ इति. २०:२०.

मोसा र यहोसुको समयपछि यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन न्यायकर्ताहरूलाई नियुक्‍त गर्नुभयो। त्यसपछि राजाहरूको समयमा भविष्यवक्‍ताहरूलाई नियुक्‍त गर्नुभयो। वफादार राजाहरूले भविष्यवक्‍ताहरूको सल्लाह स्विकारे। जस्तै: भविष्यवक्‍ता नातानले राजा दाउदलाई सुधार्दा तिनले नम्र भई स्विकारे। (२ समु. १२:७, १३; १ इति. १७:३, ४) राजा यहोसापात डोऱ्‍याइको लागि भविष्यवक्‍ता याहजिएलमा भर परे र तिनले यहुदाका मानिसहरूलाई पनि ‘यहोवाका भविष्यवक्‍ताहरूमा विश्‍वास गर्न’ सल्लाह दिए। (२ इति. २०:१४, १५) आपत्‌को समयमा राजा हिजकियाहले भविष्यवक्‍ता यसैयामार्फत परमेश्‍वरको मदत मागे। (यसै. ३७:१-६) यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌दा राजाहरूले आशिष्‌ पाए र पूरै इस्राएल राष्ट्र सुरक्षित भयो। (२ इति. २०:२९, ३०; ३२:२२) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन भविष्यवक्‍ताहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरा स्पष्टै थियो। w२४.०२ पृ. २१ अनु. ८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, जून २८

तिनीहरूका कामको भागीदार नबन।​—एफि. ५:७.

हामीले यहोवाको स्तरअनुसार चल्न बाधा पुऱ्‍याउने मानिसहरूसित सङ्‌गत गरेको सैतान चाहन्छ। हामीले याद गर्नुपर्ने कुरा के हो भने सङ्‌गत भनेको कसैसित प्रत्यक्ष भेटेर समय बिताउनु मात्र त होइन। यसमा कसैसित सामाजिक सञ्जालमा कुराकानी गर्नु पनि समावेश छ। हामीले अनैतिक आचरण स्वीकार्य छ भन्‍ने संसारको सोचाइलाई तिरस्कार गर्नुपर्छ किनभने यो गलत सोचाइ हो। (एफि. ४:१९, २०) त्यसैले हामीले आफैलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: ‘के म यहोवाको धार्मिक स्तरको कदर नगर्ने सहकर्मी, सहपाठी वा अरूसित ज्यादै हिमचिम नबढाउन सतर्क छु? अरूले मलाई कट्टर भने पनि के म साहसी भई यहोवाको स्तरअनुसार चल्छु?’ दोस्रो तिमोथि २:२०-२२ मा बताइएझैँ हामी मण्डलीभित्र पनि घनिष्ठ साथी बनाउने सन्दर्भमा होसियार हुनु आवश्‍यक छ। कसै-कसैले हामीलाई वफादार भई यहोवाको सेवामा लागिरहन बाधा पुऱ्‍याउन सक्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ। w२४.०३ पृ. २२-२३ अनु. ११-१२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, जून २९

यहोवा कोमल स्नेहले भरिपूर्ण हुनुहुन्छ।​—याकु. ५:११.

के तपाईँले कहिल्यै यहोवा कस्तो हुनुहुन्छ भनेर सोच्नुभएको छ? हुनत यहोवा अदृश्‍य हुनुहुन्छ तर बाइबलमा उहाँलाई विभिन्‍न तरिकामा वर्णन गरिएको छ। जस्तै: यहोवा ‘सूर्य र ढाल हुनुहुन्छ’ अनि “भस्म गर्ने आगो” हुनुहुन्छ भनिएको छ। (भज. ८४:११; हिब्रू १२:२९) उहाँको उपस्थितिलाई बहुमूल्य रत्न नीलम, चम्किलो धातु र मनमोहक इन्द्रेनीसित तुलना गरिएको छ। (इज. १:२६-२८) हामी यहोवालाई देख्न सक्दैनौँ। त्यसैले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्न गाह्रो लाग्न सक्छ। कसै-कसैलाई विगतका तीता अनुभवहरूले गर्दा यहोवा तिनीहरूलाई कहिल्यै माया गर्नुहुन्‍न जस्तो लाग्न सक्छ। यहोवा त्यस्ता भावनाहरू र हामीलाई उहाँसित नजिक हुन गाह्रो लाग्नुका कारणहरू बुझ्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्न उहाँले बाइबलमा आफ्ना मनमोहक गुणहरू प्रकट गर्नुभएको छ। यहोवाको व्यक्‍तित्वलाई सबैभन्दा राम्ररी वर्णन गर्ने एउटा शब्द हो, प्रेम। बाइबलमा “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनिएको छ। (१ युह. ४:८) उहाँ हरेक कामकुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। परमेश्‍वरको प्रेम यत्ति गहिरो र सशक्‍त छ कि उहाँ आफूलाई प्रेम नगर्नेहरूलाई समेत प्रेम गर्नुहुन्छ।—मत्ति ५:४४, ४५. w२४.०१ पृ. २६ अनु. १-३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने