प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शनिबार, जून ७

यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्‌। तिनीहरू . . . गल्नेछैनन्‌।​—यसै. ४०:३१.

न्यायकर्ता गिदोन आफ्नो जिम्मेवारी पूरा गर्न धेरै खटिनुपर्थ्यो। मिद्यानीहरू रणभूमिबाट रातको समयमा भाग्दा गिदोनले उनीहरूलाई यिज्रेल बेँसीदेखि यर्दन नदीसम्मै खेदे। (न्याय. ७:२२) के गिदोन यर्दनमै रोकिए? थकित भए तापनि तिनी र तिनका ३०० जना मानिस यर्दन तरेर पारि गए र शत्रुहरूलाई खेदिनै रहे। अन्तमा तिनीहरूले मिद्यानीहरूलाई भेट्टाए र मारे। (न्याय. ८:४-१२) गिदोन यहोवाले बल दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए र उहाँले दिनु पनि भयो। (न्याय. ६:१४, ३४) एकपटक गिदोन र तिनका मानिसहरूले दुई मिद्यानी राजालाई पैदलै खेदिरहेका थिए। ती राजाहरू भने उँटमा भागिरहेका हुन सक्छन्‌। (न्याय. ८:१२, २१) तर यहोवाको मदत पाएर इस्राएलीहरूले उनीहरूलाई पक्रे र युद्ध जिते। त्यसैगरि एल्डरहरू पनि यहोवामा भर पर्नुपर्छ, जो “कहिल्यै थाक्नुहुन्‍न न त कहिल्यै गल्नुहुन्छ।” उहाँले तिनीहरूलाई आवश्‍यक परेको बेला बल दिनुहुनेछ।—यसै. ४०:२८, २९ w२३.०६ पृ. ६ अनु. १४; पृ. ७ अनु. १६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, जून ८

[यहोवाले] तिमीहरूलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन।​—व्यव. ३१:६.

जस्तोसुकै परीक्षा आइपरे तापनि हामीले आफ्नो हृदयलाई स्थिर राखिराख्न सक्छौँ। त्यसैले यहोवामा भरोसा राख्नुहोस्‌। यहोवाको निर्देशनमा भरोसा गर्दा बाराक कसरी सफल भए, विचार गरौँ। युद्ध लड्‌न इस्राएलीहरूसित न ढाल न त भाला नै थियो। तैपनि यहोवाले तिनीहरूलाई हातहतियारले सुसज्जित कनानी सेनापति सिसराविरुद्ध युद्ध लड्‌न भन्‍नुभयो। (न्याय. ५:८) भविष्यवक्‍ता दबोराले बाराकलाई तल बेँसीमा गएर ९०० रथसहित आएका सिसरासित लड्‌न भने। बेँसीमा रथहरू तीव्र गतिमा कुद्‌न सक्ने भएकोले इस्राएलीहरूलाई तिनीहरूसित लड्‌न निकै गाह्रो हुने थियो। तैपनि बाराकले दबोराको कुरा माने। सिसराको सेना तबोर डाँडाबाट तल ओर्लँदा यहोवाले ठूलो पानी पारिदिनुभयो र सिसराका रथहरू हिलोमा गाडिए अनि यहोवाले बाराकलाई विजयी तुल्याउनुभयो। (न्याय. ४:१-७, १०, १३-१६) हामीले पनि यहोवामा भरोसा राख्यौँ र उहाँले आफ्ना प्रतिनिधिहरूमार्फत दिनुहुने निर्देशनअनुसार चल्यौँ भने उहाँले हामीलाई विजयी तुल्याउनुहुनेछ। w२३.०७ पृ. १९ अनु. १७-१८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, जून ९

जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।​—मत्ति २४:१३.

अनन्त जीवन पाउन हामी धीरजी हुनै पर्छ। विगतका वफादार सेवकहरूले जस्तै हामीले पनि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर धीरजी भई पर्खनुपर्छ। (हिब्रू ६:११, १२) बाइबलमा हामीलाई किसानसित तुलना गरिएको छ। (याकु. ५:७, ८) किसानले आफ्नो बालीनाली रोप्न र गोडगाड गर्न धेरै मेहनत गर्छ। तर घाम कहिले लाग्छ वा पानी कहिले पर्छ भनेर थाह नहुने भएकोले उसलाई आफ्नो बाली ठ्याक्कै कहिले बढ्‌छ भनेर थाह हुँदैन। त्यसैले कटनी गर्ने समय पक्कै आउँछ भन्‍ने कुरामा भरोसा गर्दै ऊ धीरजी भई पर्खन्छ। त्यसैगरि ‘प्रभु कुन दिन आउनुहुन्छ भनेर हामीलाई थाह छैन’ तैपनि हामी आध्यात्मिक गतिविधिमा व्यस्त रहन्छौँ। (मत्ति २४:४२) यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुनेछ भनेर भरोसा गर्छौँ र धैर्य गर्दै पर्खन्छौँ। हामी अधीर भयौँ भने पर्खँदापर्खँदै थाक्न सक्छौँ र सत्यबाट बिस्तारै तर्कन सक्छौँ। अनि क्षणिक आनन्द दिने कुराहरूको पछि लाग्न सक्छौँ। तर धीरजी भयौँ भने हामीले अन्तसम्मै सहन र उद्धार पाउन सक्छौँ।—मिका ७:७. w२३.०८ पृ. २२ अनु. ७

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने