-
प्रस्थान ३५:५-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ ‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति अनुदान ल्याउनू।+ ज-जसले खुसीसाथ यहोवा परमेश्वरलाई अनुदान चढाउने इच्छा गर्छ,+ तिनीहरूले यी कुराहरू ल्याऊन्: सुन, चाँदी, तामा, ६ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला,+ ७ रातो रङ्गले रङ्गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ, ८ दियोको निम्ति तेल, अभिषेक गर्ने तेल तयार पार्न र सुगन्धित धूप बनाउन चाहिने बाल्सम*+ ९ अनि एपोद* र छातीपातामा*+ जड्नको निम्ति ओनिक्स* र अन्य रत्नहरू।+
-