-
प्रस्थान २५:१७-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीले सन्दुकको लागि निखुर सुनको ढकनी बनाउनू; त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात होस्।+ १८ त्यसपछि सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब* बनाउनू।+ १९ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब होस्। २० ती करूबहरू एकअर्काको आमनेसामने होऊन् र ती दुवैले ढकनीलाई छाया पार्नेगरि आफ्ना दुवै पखेटा मास्तिर फैलाएका होऊन्।+ अनि तिनीहरू ढकनीतिर झुकेका होऊन्।
-