प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७:१-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्‌। वेदी चारकुने होस्‌ र त्यसको उचाइ तीन हात* होस्‌।+ २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+ ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्‌।+ ४ वेदीको लागि तामाको जाली बनाउनू अनि जालीको चारै कुनामा तामाका एक-एक वटा मुन्द्रा लगाउनू। ५ जालीलाई वेदीको चारैपट्टिको बिटमुनि राख्नू; त्यो जाली वेदीको बीचतिर होस्‌। ६ वेदीको लागि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई तामाले मोहोर्नू। ७ वेदीलाई उठाएर लैजाने बेला यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाउनू।+ ८ तिमीले बनाएको वेदी खोक्रो बाकसजस्तै होस्‌। परमेश्‍वरले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै त्यो बनाउनू।+

  • प्रस्थान ४०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैगरि अग्निभेटी चढाउने वेदी र त्यसका सबै सरसामान पनि अभिषेक गर्नू र चोख्याउनू। यसरी यो वेदी महापवित्र हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने