-
प्रस्थान ३८:१-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ बजलेलले अग्निभेटी चढाउन बबुल काठको एउटा वेदी बनाए। त्यसको लम्बाइ पाँच हात* र चौडाइ पाँच हात थियो। वेदी चारकुने थियो र त्यसको उचाइ तीन हात थियो।+ २ तिनले त्यसको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाए अनि वेदीलाई तामाले मोहोरे।+ ३ त्यसपछि तिनले वेदीका सबै सरसामान बनाए—बाल्टिन, साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो। तिनले यी सबै सरसामान तामाको बनाए। ४ तिनले वेदीको लागि तामाको जाली पनि बनाए। तिनले जालीलाई चारैपट्टिको बिटमुनि वेदीको बीचतिर राखे। ५ तिनले डन्डीहरू घुसाउन तामाको जालीको चारै कुनामा चार वटा मुन्द्रा राखे। ६ त्यसपछि तिनले वेदीको लागि बबुल काठका डन्डीहरू बनाए र त्यसलाई तामाले मोहोरे। ७ तिनले वेदीलाई बोक्न यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाए। तिनले त्यो वेदी खोक्रो बाकसजस्तो बनाए।
-