-
प्रस्थान २८:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तिमीले सुनको दुई वटा मुन्द्रा बनाउनू अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात् एपोदतिर फर्कनेगरि लगाउनू।+ २७ तिमीले सुनको अर्को दुई वटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात् काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाउनू, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्छ।+ २८ छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कस्नू। यसो गर्दा छातीपाता एपोदको पेटीभन्दा तल सर्न पाउँदैन।
-