-
प्रस्थान ३९:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि तिनीहरूले सुनको दुई वटा मुन्द्रा बनाए अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात् एपोदतिर फर्कनेगरि लगाए।+ २० तिनीहरूले सुनको अर्को दुई वटा मुन्द्रा बनाए र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात् काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाए, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्थ्यो। २१ छातीपाता एपोदको पेटीभन्दा तल सर्न नपाओस् भनेर तिनीहरूले छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कसे। तिनीहरूले यी सबै कुरा यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम गरे।
-