११यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्, पठाइहाल्नेछन्।+
२९ त्यसपछि यहोवा परमेश्वरले मध्यरातमा मिश्रभरि सबैका पहिलो सन्तानलाई मार्नुभयो+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर झ्यालखानामा थुनिएको कैदीको पहिलो सन्तानसमेत; उहाँले गाईवस्तुको पहिलो सन्तानलाई पनि बाँकी राख्नुभएन।+
३१ फारोले राती नै मोसा र हारुनलाई बोलाएर+ भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!+