प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्‍वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+

  • प्रस्थान १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?”

  • गन्ती १४:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+ ४ तिनीहरूले एकअर्कालाई यसो समेत भने: “अब हामी एक जना नाइके छानौँ र मिश्र फर्कौँ!”+

  • भजन १०६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मिश्रमा हाम्रा पुर्खाहरूले तपाईँका आश्‍चर्यजनक कामहरूको कदर गरेनन्‌।*

      तपाईँको अपार प्रेम* तिनीहरूले बिर्सिए

      बरु समुद्रको छेउमा, हो, लाल समुद्रको छेउमा विद्रोह गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने