-
प्रस्थान १४:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरूले मोसालाई भने: “तपाईँले हामीलाई मिश्रबाट निकालेर यस निर्जनभूमिमा किन ल्याउनुभयो? के मिश्रमा चिहानहरू थिएनन् र?+ हामीलाई मार्न किन यहाँ ल्याउनुभयो? १२ ‘हामी यहीँ बसेर मिश्रीहरूको सेवा गर्छौँ’ भनेर हामीले मिश्रमा छँदै भनेका थिएनौँ र? यहाँ निर्जनभूमिमा मर्नुभन्दा त मिश्रीहरूको चाकरी गर्नु नै बेस थियो।”+
-