-
प्रस्थान १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+
-
-
प्रस्थान १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+
विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।
-
-
व्यवस्था ११:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ मिश्रको फारो र तिनको सारा देशभरि उहाँले के-कस्ता चिन्हहरू देखाउनुभयो वा कस्ता कामहरू गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्।+ ४ फारोका घोडा अनि रथ लिएर मिश्रका पूरै सेना तिमीहरूलाई खेद्न आउँदा यहोवा परमेश्वरले तिनीहरूलाई लाल समुद्रमा डुबाएर कसरी सदाको लागि नाश गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्।+
-
-
यहोसु २४:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ मैले तिमीहरूका पुर्खालाई मिश्रबाट छुटाएर+ लाल समुद्रसम्म ल्याएँ तर मिश्रीहरू आफ्ना रथ अनि घोडचढी लिएर तिनीहरूलाई खेद्दै त्यहीँ आइपुगे।+ ७ यो देखेपछि तिमीहरूका पुर्खाले यहोवालाई पुकार्न थाले।+ त्यसैले मैले तिमीहरूका पुर्खालाई बचाउन तिनीहरू र मिश्रीहरूबीच कालो बादल राखिदिएँ। त्यसपछि समुद्र उर्लेर आयो र सबै मिश्री डुबेर मरे।+ मिश्रमा छँदा मैले के-के गरेँ, त्यो तिमीहरूका पुर्खाले आफ्नै आँखाले देखे।+ त्यहाँबाट निस्केपछि तिमीहरूले निर्जनभूमिमा धेरै वर्ष* बितायौ।+
-
-
नहेम्याह ९:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+ ११ तपाईँले समुद्रलाई दुई फ्याक पारिदिनुभयो र तिनीहरूले सुक्खा जमिनमा हिँडेर समुद्र पार गरे।+ अनि छाल उर्लिरहेको समुद्रमा ढुङ्गा फ्याँकेझैँ तपाईँले तिनीहरूको पछिपछि आइरहेका शत्रुहरूलाई समुद्रको गहिराइमा हुर्ऱ्याइदिनुभयो।+
-