४ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट खानेकुरा बर्साउनेछु।+ हरेक इस्राएलीले बाहिर गएर आफूलाई दिनभरिको लागि जति खानेकुरा चाहिन्छ, त्यति मात्र बटुलून्।+ तिनीहरूले मैले भनेजस्तै गर्छन् कि गर्दैनन्, म हेर्छु।+
२ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई ४० वर्षसम्म निर्जनभूमिको लामो बाटो हिँड्न लगाउनुभएको कुरा कहिल्यै नबिर्स।+ तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको हृदयमा के छ भनेर बुझ्न+ अनि तिमीहरूले उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ भनेर जाँच्न उहाँले त्यसो गर्नुभएको हो।+