-
प्रस्थान २०:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+
-
-
व्यवस्था ५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्रामदिन मान्ने आज्ञा दिनुभयो।
-