प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:२२-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि तिनले तान बुन्‍ने कालिगडलाई निलो धागो मात्र प्रयोग गरेर एपोदभित्र लगाउने बाहुला नभएको अलखा* बुन्‍न लगाए।+ २३ अलखामा टाउको छिराउने गला थियो। त्यो गला नफाटोस्‌ भनेर त्यसको वरिपरिको किनारा छालाको कवचको घेराजस्तै बलियोगरि बुनिएको थियो। २४ अनि तिनीहरूले अलखाको फेरमा निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो बाटेर अनार आकारका फुर्काहरू बनाए। २५ तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए र अलखाको फेरमा फुर्काहरूको बीच-बीचमा सुनका घण्टीहरू राखे। २६ तिनीहरूले एउटा सुनको घण्टी र अनार आकारको एउटा फुर्का अनि फेरि त्यस्तै सुनको घण्टी र अनार आकारको फुर्का पालैपालो राखेर अलखाको पूरै फेर भरे। वासस्थानमा सेवा चढाउन जाँदा लगाउनुपर्ने यो अलखा तिनीहरूले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।

  • लेवी ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने