प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन्‌ र उनीहरूलाई बहकाएर परमेश्‍वरबाट टाढा लैजानेछन्‌।+ त्यसपछि यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+

  • व्यवस्था ३१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+

  • न्यायकर्ता २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्‍न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्‌। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्‌।

  • न्यायकर्ता ८:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ गिदोन मरेको धेरै समय बित्न नपाउँदै इस्राएलीहरूले फेरि बाआल देवताहरूसित वेश्‍यावृत्ति गर्न* थाले+ अनि तिनीहरूले बाआल-बेरिथलाई आफ्नो देवता बनाए।+

  • १ राजा ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्‌। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन्‌ र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्‌।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे।

  • नहेम्याह १३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन्‌ र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्‍वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्‍वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+

  • भजन १०६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूले पोअरको बाआल देवताको उपासनामा भाग लिए*+

      अनि तिनीहरूले मरेकाहरूलाई चढाइएको बलि* खाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने