-
लेवी ६:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यदि उसले पाप गरेको हो र ऊ दोषी छ भने आफूले चोरेको, लुटेको, ठगेको, आफूलाई राख्न दिइएको वा आफूले भेट्टाएको सामान फिर्ता गरोस्। ५ अथवा उसले झूटो कसम खाएर आफूसित राखेको जुनसुकै चिज फिर्ता गरोस्। उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै+ त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्। ऊ जुन दिन दोषी ठहरिन्छ, त्यही दिन त्यो सबै जसको हो, उसैलाई फर्काओस्।
-
-
लेवी २२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तर कसैले अनजानमा पवित्र कुराहरूबाट केही खायो भने उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै त्यसको पाँच भागको एक भाग पनि पुजारीलाई देओस्।+
-
-
गन्ती ५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “इस्राएलीहरूलाई भन, ‘सङ्गी मानवविरुद्ध पाप गरेर कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्वरलाई विश्वासघात गऱ्यो भने ऊ दोषी ठहरिनेछ।+ ७ उसले* आफ्नो पाप स्विकारोस्+ अनि आफूले* गरेको अपराधको पूरा क्षतिपूर्ति तिरोस् र त्यसको पाँच भागको एक भाग पनि देओस्;+ उसले जसको विरुद्धमा पाप गरेको हो, उसैलाई त्यो रकम तिरोस्।
-