-
लेवी ५:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यदि कसैले अनजानमै यहोवा परमेश्वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्वरसामु ल्याओस्;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+ १६ उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्।+ उसले त्यो पुजारीलाई देओस् र पुजारीले उसको निम्ति प्रायश्चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन् अनि उसले क्षमा पाउनेछ।+
-