प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:३८-४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+ ३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। ४२ तिमीले भेट हुने पालको प्रवेशद्वारमा यो अग्निभेटी यहोवा परमेश्‍वरसामु पुस्तौँपुस्तासम्म निरन्तर चढाउनू; त्यहीँ म तिमीसामु देखा पर्नेछु र तिमीसित कुरा गर्नेछु।+

  • गन्ती २८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “अनि तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ।

  • हिब्रू १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने