-
प्रस्थान २९:१५-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “त्यसपछि दुई वटा थुमामध्ये एउटा थुमा लिनू अनि हारुन र तिनका छोराहरूले त्यसको टाउकोमा आफ्नो हात राखून्।+ १६ अनि त्यो थुमा काट्नू र त्यसको रगत लिएर वेदीको रिङ्गै छर्कनू।+ १७ थुमालाई भाग-भाग पार्नू, त्यसको आन्द्रा र खुट्टाहरू पखाल्नू+ अनि ती भागहरू र टाउकोलाई मिलाएर राख्नू। १८ यसरी मिलाएर राखिएको थुमालाई वेदीमा जलाउनू। यो यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना भएको अग्निभेटी हो।+ यो यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी हो।
-
-
लेवी १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्। परमेश्वरले उसको पापको प्रायश्चित होस् भनेर त्यो भेटी स्विकार्नुहुनेछ।
-