-
लेवी ९:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि हारुनले मानिसहरूको तर्फबाट मेलबलि चढाउन ल्याइएका बहर र थुमा काटे। अनि उनका छोराहरूले उनलाई ती जनावरहरूको रगत दिए र उनले त्यसलाई वेदीको चारैतिर छर्के।+ १९ तिनीहरूले बहरको बोसो,+ थुमाको बोसेपुच्छर,* भित्री अङ्गहरू ढाक्ने बोसो, मिर्गौलाहरू र कलेजोमाथिको बोसो+ २० सबै ह्याकुलामाथि राखे र हारुनले ती बोसो वेदीमा जलाए।+
-