-
व्यवस्था २०:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू। १८ नत्र त आफ्ना देवीदेवताको पूजा गर्न तिनीहरूले गर्ने घिनलाग्दा रीतिथितिहरू तिमीहरूलाई सिकाउनेछन् र यहोवा तिमीहरूका परमेश्वरविरुद्ध पाप गर्न लगाउनेछन्।+
-
-
२ राजा १६:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ राजा हुँदा आहाज २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ ३ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे।+ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए, जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो।+
-