प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्‌+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन्‌ र तिमीहरूले ती खानेछौ।+

  • व्यवस्था ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन्‌ र उनीहरूलाई बहकाएर परमेश्‍वरबाट टाढा लैजानेछन्‌।+ त्यसपछि यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+

  • यहोसु २३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌।

  • यसैया २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ तपाईँले आफ्ना मानिसहरूलाई, हो, याकुबको घरानालाई त्याग्नुभएको छ।+

      किनकि तिनीहरूले पूर्वका* मानिसहरूको सबै रीतिथिति अङ्‌गालेका छन्‌।

      तिनीहरू पलिस्तियालीहरूले जस्तै जादुगरी गर्छन्‌।+

      विदेशीका बच्चाहरूले तिनीहरूको देश भरिएको छ।

  • १ कोरिन्थी ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले घमन्ड गर्नु ठीक छैन। अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन?+

  • १ कोरिन्थी १५:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने