१० तर सातौँ दिन भने यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+
१३ “तिमीले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूले विश्रामदिन* अवश्य मान्नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ।