प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २१:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उसले परमेश्‍वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ।

  • लेवी २२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्‌।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्‌।

  • १ समुएल २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर पुजारीले दाउदलाई भने: “मसँग साधारण रोटी छैन, पवित्र रोटी+ मात्र छ। तपाईँका मानिसहरू स्त्रीहरूसँग बिटुलिएका छैनन्‌* भने मात्र म त्यो रोटी तपाईँलाई दिन सक्छु।”+

  • १ समुएल २१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्‍वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।

  • मत्ति १२:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, तिमीहरूले पढेका छैनौ?+ ४ परमेश्‍वरलाई चढाइएका रोटीहरू*+ पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि तिनी परमेश्‍वरको भवनभित्र पसे अनि तिनीहरूले ती रोटीहरू खाए।+

  • लुका ६:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ ४ कसरी तिनी परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि+ परमेश्‍वरलाई चढाइएका रोटीहरू* लिएर खाए अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने