-
लेवी २:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अन्नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ। यो महापवित्र छ र यो यहोवा परमेश्वरको निम्ति आगोमा चढाउने भेटीकै भाग हो।+
-
-
लेवी ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘अन्नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्वरसामु वेदीअगाडि अन्नभेटी चढाऊन्।
-
-
लेवी २४:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिनले हरेक विश्रामदिनमा* यहोवा परमेश्वरसामु नबिराईकन यी रोटीहरू राखून्।+ इस्राएलीहरूसित गरिएको यो करार सधैँभरि लागू हुनेछ। ९ यी रोटीहरू हारुन र तिनका छोराहरूको हुनेछ;+ तिनीहरूले यसलाई पवित्र ठाउँमा बसेर खाऊन्+ किनभने यी रोटीहरू पुजारीको निम्ति महापवित्र छन् र यो भेटी यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भाग हो। तिनीहरूले यो नियम सधैँ पालन गरून्।”
-