-
लेवी ५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “‘यदि ऊसित दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा चढाउने औकात छैन भने उसले पापभेटीस्वरूप एपाको दस भागको एक भाग* मसिनो पीठो ल्याओस्।+ उसले त्यसमा तेल नमिसाओस् र सेतो धूप* पनि नहालोस् किनकि यो पापभेटी हो। १२ उसले त्यसलाई पुजारीकहाँ ल्याओस्। अनि पुजारीले एक मुठी मसिनो पीठो सम्पूर्ण भेटीको प्रतीकस्वरूप* लेऊन् र त्यसलाई यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर जलाऊन्।* यो पापभेटी हो।
-
-
लेवी ६:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “हारुन र तिनका छोराहरूलाई यसो भन्नू, ‘पापभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर जहाँ काटिन्छ,+ त्यहीँ पापभेटीको जनावर पनि यहोवा परमेश्वरसामु काटियोस्। यो महापवित्र कुरा हो। २६ पापको प्रायश्चित गर्न जुन पुजारीले भेटी चढाउँछन्, तिनैले त्यो भेटी खाऊन्।+ तिनले त्यो पवित्र ठाउँमा अर्थात् भेट हुने पालको चोकमा बसेर खाऊन्।+
-