प्रस्थान २२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+ प्रस्थान २३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “विदेशीमाथि अत्याचार नगर्नू। विदेशीको जीवन कस्तो हुन्छ, तिमीहरू राम्ररी बुझ्न सक्छौ किनभने तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ लेवी १९:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ। व्यवस्था १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।
९ “विदेशीमाथि अत्याचार नगर्नू। विदेशीको जीवन कस्तो हुन्छ, तिमीहरू राम्ररी बुझ्न सक्छौ किनभने तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+
३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्वर यहोवा हुँ।
१८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।