-
लेवी १:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ पुजारीले त्यसलाई वेदीमा ल्याएर त्यसको घाँटी निचोरून् र त्यसलाई वेदीमाथि जलाऊन् तर रगतचाहिँ वेदीको छेउमा निथारियोस्। १६ त्यसको गाँड निकाल्नू र भुत्ला खुइलाउनू अनि वेदीको पूर्वपट्टि खरानी* भएको ठाउँमा फ्याँक्नू।+ १७ त्यसलाई दुई फ्याक नपारी पखेटाहरूबाट चिर्नू। त्यसपछि पुजारीले त्यसलाई वेदीमा बलिरहेको दाउरामाथि जलाऊन्। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।
-