प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्‌।+

  • गन्ती १६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि लेविको पनाति,+ कोहातको नाति,+ इजहारको छोरा+ कोरहले+ रुबेनको कुलका+ एलिआबका छोराहरू+ दातान र अबिराम अनि पेलेथको छोरा ओनलाई आफ्नो पक्षमा लिए। २ अनि तिनीहरू मोसाविरुद्ध खडा भए। अरू २५० जना इस्राएली पुरुषले पनि तिनीहरूलाई साथ दिए। ती पुरुषहरू इस्राएलका कुलनायक, समुदायबाट चुनिएका र गण्यमान्य मानिस थिए।

  • गन्ती १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्‍वरको महिमा पूरै समुदायसामु देखा पऱ्‍यो।+

  • गन्ती १६:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यसपछि यहोवा परमेश्‍वरले आगो बर्साउनुभयो+ र धूप चढाइरहेका २५० जना भस्म भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने