-
प्रस्थान २३:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+ ३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+ ३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+
-
-
व्यवस्था ७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन् र उनीहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजानेछन्।+ त्यसपछि यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+
-
-
यहोसु २३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तर तिमीहरूले परमेश्वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्यौ+ र तिनीहरूसँग सरसङ्गत गऱ्यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्।
-
-
न्यायकर्ता २:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्यौ? ३ मैले तिमीहरूलाई पहिल्यै यसो भनेको थिएँ: ‘म तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछैनँ;+ तिनीहरूले तिमीहरूलाई पासोमा पार्नेछन्+ र तिमीहरू बहकिएर तिनीहरूका देवताहरूलाई पुज्न थाल्नेछौ।’”+
-