प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌।

  • १ राजा ११:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे। २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्‌। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन्‌ र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्‌।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे।

  • एज्रा ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरेका छन्‌ र आफ्ना छोराहरूको विवाह पनि उनीहरूसितै गराइदिएका छन्‌।+ अब तिनीहरू, जो पवित्र वंश हुन्‌,+ वरपरका जातिहरूसित मिसिएका छन्‌।+ यसरी परमेश्‍वरसित विश्‍वासघात गर्नेहरूमा मुखियाहरू र उप-शासकहरू नै सबैभन्दा अगाडि छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने