-
व्यवस्था ४:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ तिमीहरूकै सामु उहाँले तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र तिनीहरूको इलाका तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो, जुन तिमीहरूले अहिले पाएका छौ।+
-
-
यहोसु १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+
-
-
यर्मिया ३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ मैले मनमनै सोचेँ, ‘मैले यिनीहरूलाई आफ्ना छोराहरूजस्तै ठानेँ अनि जातिजातिहरूमाझ एउटा असल देश, सबैभन्दा सुन्दर देश यिनीहरूलाई अधिकारस्वरूप दिएँ!’+ मलाई यस्तो लाग्यो, ‘यिनीहरूले मलाई “मेरो बुबा!” भनेर बोलाउनेछन् अनि मेरो पछि लाग्न कहिल्यै छोड्नेछैनन्।’
-