प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यही दिन यहोवा परमेश्‍वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्‍नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+

  • प्रस्थान २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+

  • गन्ती ३४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई यसो भन्‍नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+

      ३ “‘दक्षिणतर्फ तिमीहरूको सिमाना एदोमको छेउमा भएको जिन निर्जनभूमिबाट सुरु हुनेछ र दक्षिणी भागको पूर्वतिरको सिमानाचाहिँ खारा समुद्रको* पुछारबाट सुरु हुनेछ।+

  • व्यवस्था १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+

  • यहोसु १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो।

  • यहोसु १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि अज्मोनबाट+ मिश्रको वादी*+ हुँदै महासागरसम्म* पुग्थ्यो। यो यहुदाको कुलको दक्षिणतिरको सिमाना थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने