प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+ २८ यी दुवै पवित्र पारिएको भाग भएकोले हारुन र तिनका छोराहरूलाई दिने गर्नू। यो नियम इस्राएलीहरूले सधैँ पालन गरून्‌।+ इस्राएलीहरूले मेलबलि चढाउँदा यी भागहरू हारुन र तिनका छोराहरूलाई दिनु भनेको यहोवा परमेश्‍वरलाई दिनुसरह हो।+

  • गन्ती १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+

  • व्यवस्था १८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “तिमीहरूले पुजारीहरूलाई दिनुपर्ने कुराहरू यी नै हुन्‌: यदि कसैले बहर अथवा भेडा बलि चढाउँछ भने त्यसको कुम, थुतुनो अनि भुँडी पुजारीलाई देओस्‌।

  • इजकिएल ४४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मलाई चढाइएको अन्‍नभेटी,+ पापभेटी, दोषभेटी+ र इस्राएलमा मेरो नाममा अर्पण गरिएको सबै कुरा तिनीहरूकै हुनेछ।+

  • १ कोरिन्थी ९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मन्दिरमा पवित्र सेवा चढाउनेहरूले मन्दिरकै कुराहरू खान्छन्‌ अनि वेदीमा निरन्तर सेवा गर्नेहरूले वेदीमै चढाइएका कुराहरूको भाग पाउँछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने