प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ सबै इस्राएलीले सिङ र बिगुल फुक्दै,+ झ्याली बजाउँदै, ठूलठूलो आवाजमा तारे बाजा र वीणा बजाउँदै+ अनि जयजयकार गर्दै यहोवा परमेश्‍वरको करारको सन्दुक ल्याइरहेका थिए।+

  • २ इतिहास ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यतिबेला आसाप,+ हेमान,+ यदुथुन,+ तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइको दलका सबै लेवी गायकहरू+ उच्च कोटीको मलमलको कपडा लगाएर वेदीको पूर्वपट्टि उभिरहेका थिए। तिनीहरूले झ्याली, तारे बाजा र वीणा बोकेका थिए। तिनीहरूसँगै १२० जना पुजारी पनि उभिरहेका थिए र उनीहरूले बिगुल फुकिरहेका थिए।+

  • २ इतिहास ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ पुजारीहरू आफूलाई खटाइएको ठाउँमा उभिएका थिए। लेवीहरूचाहिँ यहोवाको स्तुतिगान गाइँदा बजाइने बाजाहरूसहित उभिएका थिए।+ (राजा दाउदले यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन ती बाजाहरू बनाएका थिए। तिनी उनीहरूसँगै* मिलेर यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्थे: “किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”) अनि लेवीहरूको अगाडि उभिरहेका पुजारीहरूले ठूलो आवाजमा बिगुल फुकिरहेका थिए।+ सबै इस्राएली पनि उभिरहेका थिए।

  • एज्रा ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जब डकर्मीहरूले यहोवा परमेश्‍वरको मन्दिरको जग हाले,+ तब पुजारीहरू मन्दिरमा सेवा गर्दा लगाइने पोसाक लगाएर र हातमा बिगुल लिएर+ अनि लेवीहरू—आसापका सन्तानचाहिँ हातमा झ्याली लिएर यहोवा परमेश्‍वरको प्रशंसा गर्न खडा भए। तिनीहरूले यो इस्राएलका राजा दाउदले दिएको निर्देशनअनुसारै गरेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने