प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब यहोवा परमेश्‍वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन्‌ र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन्‌ र तिमीलाई भेट्‌न उनी अहिले यतैतिर आउँदै छन्‌। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्‌।+ १५ त्यसैले हारुनसँग कुरा गर अनि मैले भनेका सबै कुरा उनलाई बताइदेऊ।+ तिमीले बोल्दा म तिमीलाई अनि हारुनलाई पनि सघाउनेछु+ अनि तिमीहरूले के गर्नुपर्छ, त्यो सिकाउनेछु। १६ उनले तिम्रो तर्फबाट मानिसहरूसित कुरा गर्नेछन्‌ र उनी तिम्रो प्रवक्‍ता हुनेछन्‌। तिमी उनको लागि परमेश्‍वरजस्तै हुनेछौ।*+

  • प्रस्थान ४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएका सबै कुरा हारुनले ती मानिसहरूलाई सुनाए अनि तिनीहरूको अगाडि चमत्कारहरू गरेर देखाए।+

  • प्रस्थान १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे।

  • प्रस्थान २८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्‍वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्‌। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्‍वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्‌।

  • मिका ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याएँ,+

      दासत्वको घरबाट मैले तिमीहरूको उद्धार गरेँ;+

      मोसा, हारुन र मरियमलाई मैले तिमीहरूको अघिअघि पठाएँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने