-
लेवी २१:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून् अनि आफ्नो लुगा नच्यातून्+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्त गरिएको छ। ११ तिनी कुनै लासको नजिक नजाऊन्;+ आफ्नो बुबा वा आमाको मृत्यु हुँदा समेत तिनले आफूलाई अशुद्ध नपारून्। १२ तिनी पवित्र स्थानभन्दा* बाहिर नजाऊन् र आफ्नो परमेश्वरको पवित्र स्थानलाई अपवित्र नपारून्+ किनभने समर्पणको चिन्हस्वरूप शिरमा पवित्र तेल खन्याएर तिनलाई अभिषेक गरिएको छ।+ म यहोवा हुँ।
-