प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २७:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “‘चाहे खेतको अन्‍न होस्‌ वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्‍वरकै हो। त्यो यहोवा परमेश्‍वरको नजरमा पवित्र छ।

  • नहेम्याह १०:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ अनि हामी परमेश्‍वरको भवनको भण्डारमा* राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश* लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्‌।

  • नहेम्याह १२:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्‍न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए।

  • हिब्रू ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हो, मोसाको व्यवस्थाअनुसार, पुजारी पद पाएका लेविका छोराहरूले+ मानिसहरूबाट अर्थात्‌ आफ्नै भाइहरूबाट दशांश उठाउने आज्ञा पाएका छन्‌,+ जबकि तिनीहरूका भाइहरू पनि अब्राहामकै सन्तान हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने