प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।

  • भजन ७८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयो

      र तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+

  • भजन १०५:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ उहाँले चट्टान फोर्नुभयो र पानीका मूलहरू फुटे+

      अनि ती मरुभूमिमा नदीजस्तै बगे।+

  • भजन ११४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ जसले चट्टानलाई नर्कटको पोखरीमा परिणत गर्नुहुन्छ

      र चट्टानबाट पानीको मूल फुटाउनुहुन्छ।+

  • यसैया ४८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ उहाँले तिनीहरूलाई निर्जन ठाउँ हुँदै लैजानुभयो तर तिनीहरू तिर्खाएनन्‌।+

      उहाँले तिनीहरूका लागि चट्टानबाट पानी निकालिदिनुभयो।

      चट्टानलाई फोरेर त्यसबाट पानीको मूल फुटाउनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने