१५ त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न आऊन्। तिमीले तिनीहरूलाई शुद्ध पार्ने र डोलाउने भेटीको रूपमा अर्पण गर्ने तरिका यही हो। १६ तिमीले तिनीहरूलाई इस्राएलीहरूको माझबाट अलग पारेर मलाई अर्पण गरेका छौ। इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा म तिनीहरूलाई आफ्नो निम्ति अलग गर्नेछु।+