१७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्वरका हुन्। वेश्या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्।+
२८ त्यो दिन यहोसुले मक्केदाह+ कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई तरबारले मारे। तिनले त्यहाँका राजा र त्यहाँ भएका सबैलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्।+ तिनले यरिहो सहरको राजालाई जे गरेका थिए, मक्केदाहको राजालाई+ पनि त्यसै गरे।