११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।
२६ अनि त्यो पैसाले तिमीहरूले बहर, भेडा, बाख्रा, दाखमद्य,* अरू किसिमको मद्य वा आफूलाई मन लागेको जुनसुकै कुरा किन्न सक्छौ। त्यसपछि यहोवा तिमीहरूका परमेश्वरसामु आफ्नो घरानासँगै ती खानू र खुसी मनाउनू।+